Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर पाँच सय रुपैयाँ जरिवाना तिराएको हो।

मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेटबिनै बुलेट मोटरसाइकल चलाएको भिडियो उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा सार्वजनिक गरेका थिए। सोही भिडियोका आधारमा ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन्। कानुन सबैका लागि बराबर हुनुपर्छ भन्ने उद्देश्यका साथ आफूले नै ट्राफिक प्रहरीलाई बोलाएर नियमअनुसार कारबाही गर्न र जरिवाना काट्न आग्रह गरेको शाहले दाबी गरे।

तपाईको प्रतिक्रिया