Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्पेनको दक्षिणपूर्वी क्षेत्रमा आएको विनाशकारी बाढीले कम्तीमा ६२ जनाको ज्यान लिएको छ भने धेरै मानिस अझै हराइरहेका छन्। बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार कार्यलाई जटिल बनाएको छ। जसका कारण सयौं सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन्। स्पेनका राजा फेलिप छैठौंले यस आपत्तिलाई ठूलो विनाश भनेका छन् र उद्धारमा चुनौतिहरू रहेको स्वीकार गरेका छन्।

प्रधानमन्त्री पेद्रो सान्चेजले सबै प्रभावितहरूको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बाढीले पुलहरू भत्काएको र सडकका गाडीहरू बगाउँदै गरेको देखिन्छ। यद्यपि, स्थानीय अधिकारीहरूले केही गलत सूचना पनि फैलिएको बताएका छन्।

क्षेत्रीय मन्त्री भिक्टर टेरेसका अनुसार हराएका मानिसहरूको ठ्याक्कै संख्या यकिन गर्न कठिन भएको भए पनि उद्धार कार्य निरन्तर चलिरहेको छ। जर्मन सञ्चारमाध्यम डीडब्लुका अनुसार, मंगलबारको वर्षामा प्रति वर्गमिटर ४ सय लिटर पानी परेको छ। जुन यस क्षेत्रमा एक वर्षभरि पर्ने सामान्य वर्षा बराबर हो।

यो बाढी युरोपमा २०२१ पछि सबैभन्दा ठूलो क्षति पुर्‍याउने घटना बनेको छ। २०२१ मा जर्मनीमा १८५ जनाको मृत्यु भएको थियो भने स्पेनमा १९९६ को बाढीले ८७ जनाको ज्यान लिएको थियो।

 

 

तपाईको प्रतिक्रिया