Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – चर्चित भारतीय पार्श्व भारतीय गायक सोनू निगमका बुवाको ७२ लाख रूपैयाँ चोरी भएको छ।सोनूका बुवा अगम कुमार निगमको गत मार्च १९ गते र २० गते मुम्बईको अन्धेरी इलाकाबाट ७२ लाख चोरी भएको थियो।

चोरीपछि प्रहरीलाई खबर गरेकाेमा प्रहरीले उनीकहाँ आठ महिनादेखि काम गरिरहेका ड्राइभरलाई पक्राउ गरेको छ।ड्राइभरले काम राम्रो नगरेको भन्दै निगमले केही दिनअघि मात्रै उनलाई कामबाट हटाएका थिए। ड्राइभरले नक्कली चाबी बनाएर लकरबाट ७२ लाख चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बलिउड लाइफले समाचार लेखेकाे छ।

 

तपाईको प्रतिक्रिया