Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

टोकियो – संसारभरी फैलिएको कोरोना भाइरस महामारीको कारण एप्पलको खुद्रा (रिटेल) नेटवर्क प्रभावित भएपनि कम्पनीले आफ्नो स्टोरको विस्तारमा लागिपरेको छ ।

एप्पलले आफ्नो स्टोर्सको संख्या बढाउन कुनै कमी छोडेको छैन ।

आइफोन बनाउने कम्पनीको सिंगापुरमा बनाएको नयाँ खुद्रा बिक्रि केन्द्रले अहिले विश्वको घ्यान केन्द्रित गरेको छ ।

उक्त खुद्रा बिक्रि केन्द्र सिंगापुरको शहर-राज्यको तटमा अवस्थित छ। सिंगापुरमा विश्वको पहिलो पानीमा तैरिरहेको एप्पल स्टोर बनेको छ ।

यसलाई आधिकारिकरुपमा एप्पल मरिना बे स्यान्ड्सको रुपमा चिनिन्छ । यो विश्वको पहिलो पानीमा तैरिरहेको एप्पलको खुद्रा बिक्रि केन्द्र हो ।

एप्पलको उक्त खुद्रा बिक्रि केन्द्र एक भव्य होटल र रिसोर्टको अंश हो । यो सिंगापुरमा एप्पलको तेश्रो रिटेल स्टोर रहेको छ ।

यसभन्दा पहिला सन् २०१७ मा सिंगापुरको पहिलो बिक्रि केन्द्र, आर्चर्ड रोडमा खोलिएको थियो ।

सिंगापुरको अर्को विश्वप्रसिद्ध बिक्रि केन्द्र यातायात हबमा छ, जहाँ विश्वको सबै भन्दा ठुलो इन्डोर झरना छ।

दिनको समयमा, नयाँ मरिना बे स्यान्ड्स स्टोर एक अन्तरिक्ष यान जस्तै देखिन्छ, जसले गर्दा यो निकै लोकप्रिय बनाएको छ ।

रातको समयमा जब सिंगापुर झिलिमिली बत्तिमा सजिएको हुन्छ तब उक्त स्टोर अझ मनमोहक देखिन्छ ।

यो एप्पलको ५१ औं खुद्रा बिक्रि केन्द्र हो । तर यसको भित्रको इन्टरियर कस्तो छ, कुनै जानकारी सार्वजनिक भएको छैन ।

कम्पनीले उक्त स्टोर छिट्टै उद्घाटन गर्ने बताएको छ ।

म्याकरुमर्स डट कम को ट्विटर अकाउन्टमा यसको एक टीजर भिडियो पनि जारी गरिएको छ ।

उक्त स्टोरमा कोरोना भाइरसको कारण अन्य स्टोरको जस्तै सुरक्षा नियम पालना गरिनेछ ।

तपाईको प्रतिक्रिया