Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

काठमाण्डाै – वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।

विक्रम संवत् १९९८ असोज १ मा काठमाण्डाैमा जन्मनुभएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाण्डाै मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उहाँको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिनुभयो ।

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उहाँमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उहाँको निधन भएको जानकारी अस्पतालले दिएको उहाँँले बताउनुभयो । स्वर्गीय रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि : दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन् ।

उहाँ गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित हुनुहुन्छ । त्यस्तै २०७० सालमा उहाँलाई मदन पुरस्कार गठनले जगदम्बाश्री पुरस्कार प्रदान गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया