Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गरेका हुन्। मन्त्रालयले एपसँगै कोभिड-१९ को सूचना प्राप्त गर्न सहजहोस् भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ।

शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसविरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए। उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन आग्रह गरे। उनले नयाँ वेवसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गरे।

तत्कालका लागि covid19.mohp.gov.np बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सकिनेछ। एमओएचपी नेपाल कोभिड (MoHP NEPAL COVID-19) मा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ। वेवसाइटमा हब अस्पताल, कोभिड-१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ। त्यस्तै, आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँ सुकैबाट हेर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया