Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बेलुकीसम्ममा सेना समायोजन र पुनस्र्थापनाको विषयमा ब्रेक थ्रु हुन सक्ने सम्भावना औंल्याएका छन् ।
‘प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जानुअघि नै शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको छ,’ बुधबार बिहान पोखराका सञ्चारकर्मीसित उनले भने, ‘यो शान्ति प्रक्रियाको ब्रेक थ्रु हुनसक्छ ।’
‘धेरै विषयमा सहमति जुटिसकेको छ’, प्रचण्डले भने, ‘सके आज बेलुकीसम्म नभए पनि भोली बिहान सम्म समायोजन र पुनस्र्थापनाको विषयमा एकखालको सहमति जुटाउने प्रयास भैरहेको छ ।’
विवादित दुई मन्त्रीको प्रसंगमा, उहाँले विवादमा परेका मन्त्रीहरु बाहिर बसेर नागरिकलाई सफाई दिनु उचित रहेको प्रतिकृया दिए । प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण भएकाले व्यापार, पारवहन र आर्थिक विषयमा नेपाललाई फलदायी हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया