Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026
काठमाडौं– स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्समा पुगेर नयाँ संविधान जारी हुन नसके मुलुक असफल हुने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानको लागि दवावमुलक देउसी भैलो कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले तीन वर्षसम्म हुन नसकेको काम एक महिनामा गर्नु चुनौतीपूर्ण भए पनि बाँकी अवधीमा सो जिम्मेवारी पुरा हुने विश्वास ब्यक्त गरे ।
मन्त्री रायमाझीले मुलुकको समृद्धिकोलागी स्थीरता, स्थीरताकोलागी शान्ति र शान्तिकालागी सहमति अनिवार्य भएको भन्दै कसैले विरोधमा कालो झण्डा देखाएपनि सहमतिको विकल्प नरहेको दावी गरे । उनले अन्तिम समयसम्म  भएपनि दलहरुवीच सहमति बन्ने भन्दै यसको विरोध गर्नेहरु राष्ट्र विरोधी भएको ठोकुवा गरे ।
राजनीतिक ब्यवस्था र एजेण्डामा परिवर्तन भए पनि अझैसम्म पनि केही समूहहरुमा अहिले पनि यूद्ध र राजाको धङ्गधङ्गी बाँकी रहेको दावी गर्दै रायमाझीले यसले राम्रो काम गर्ने  वा नगर्नेलाई चिन्ने अवसर पाएको बताए । उनले भने– ‘यसले कोसँग संघर्ष र को सँग एकता गर्ने भन्ने कुरा प्रष्ट भएको छ ।’

तपाईको प्रतिक्रिया