Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

लन्डन –वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डन टेनिसको उपाधिका लागि अमेरिकाकी सेरेना विलियम्स र जर्मनीकी एन्जेलिक केर्बर भिड्ने भएका छन् । ६ पटककी विम्बल्डन च्याम्पियन सेरेनाले हिजो भएको सेमिफाइनलमा रुसकी एलिना भेस्निनालाई ६÷२ र ६÷० को सोझो सेटमा हराउँदै नवौं पटक फाईनलमा स्थान सुरक्षित गरिन् ।

teeeeee

करियरमा २१ पटक ग्रान्ड स्लाम टेनिस जितिसकेकी सेरेना २२ औं उपाधिको खोजिमा छन् ।२२ पटक उपाधि जितेको खण्डमा सेरेनाले सर्वा्धिक ग्रान्ड स्लाम जित्ने खेलाडीहरुको सुचीमा दोस्रो स्थानमा रहेकी जर्मन खेलाडी स्टेफी ग्राफको कीर्तिमान बराबरी गर्ने्छिन् ।

तर यसका लागि सेरेनाले यसपटकको फाईनलमा जर्मनीकै एन्जेलिक केर्बरलाई हराउनुपर्नेछ ।विम्बल्डन टेनिसको दोस्रो सेमीफाईनल खेलमा सेरेनाकी दिदी भेनस विलियम्सलाई ६–४ र ६–४ ले हराउँदै केर्बरले फाईनलमा ठाँउ बनाएकी हुन् ।

जर्मन खेलाडी केर्बर सन् १९९६ पछि विम्बल्डन टेसिनको उपाधि जित्ने पहिलो जर्मन खेलाडी बन्ने दाउमा छिन् ।

तपाईको प्रतिक्रिया