Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं –दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौतासम्बन्धी तीनदिने गोष्ठी आजदेखि यहाँ सुरु भएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले आज उद्घाटन समारोहमा उहाँले विश्वव्यापीकरणको युगमा वित्तीय कारोवारले ल्याएका अवसर र चुनौतीको सम्बोधन गर्न सरकार र निजी क्षेत्रको साझा प्रयास आवश्यक छ भन्नुभयो ।

सार्क मुलुकका राम्रा अभ्यासका साथै समस्याको आदानप्रदानले कर छली तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा सार्क सचिवालयका निर्देशक एल सावित्रीले सार्क मुलुकबीचको कूटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुद बनाउन गोष्ठीले सहयोग गर्ने उल्लेख गर्दै क्षेत्रीय लगानीसम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुस गरिएको बताउनुभयो ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राममणि दुवाडी तथा आन्तरिक राजस्व विभागका निर्देशक चेतनाथ दाहालले नेपालको कर प्रणालीका विविध पक्षबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पाकिस्तानबाहेक सार्कका सात देश र सार्क सचिवालयका प्रतिनिधि सम्मिलित उक्त गोष्ठी बुधबारसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया