Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – कलाकार मनोज गजुरेल अब ‘कमेडी दरबार’ टीभी शोमा महाराजाको भूमिकामा देखिने भएका छन्। उनले विजय बरालको ठाउँ लिँदै शोमा प्रवेश गर्न लागेका हुन्।

शोका निर्माताले सोमबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलको भूमिकाबारे जानकारी दिएका थिए। २७औँ एपिसोडबाट उनलाई महाराजाको भूमिकामा देख्न पाइने छ भने महारानीको भूमिकामा गौरी मल्ल यथावत् रहनेछिन्।

यससँगै, शोको होस्ट पनि परिवर्तन गरिएको छ। पूर्व मिस नेपाल नम्रता श्रेष्ठले सञ्चालन गर्दै आएको शो अब सजिना खनालले होस्ट गर्नेछिन्। मिस सुप्रान्यासनल २०२४ की विजेता समेत रहेकी सजिनाले निर्देशक विक्की अग्रवालसँग मिलेर कार्यक्रम सञ्चालन गर्नेछिन्।

तपाईको प्रतिक्रिया