Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं- सरोकारवालासँग कुनै परामर्श नै नगरी सन् २०१२ लाई ‘लुम्बिनी भ्रमण वर्ष’ भनी नेपाल सरकारद्वारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँले आपत्ति प्रकट गरेको छ ।
समूहले एक विज्ञप्ति जारी गर्दै बुद्धधर्मको प्रसारप्रसार र प्रवर्द्धनमा लामो समयदेखि समर्पित व्यक्ति तथा संस्थाहरूको प्रतिनिधित्व बिना नै भ्रमण वर्ष र उच्चस्तरीय बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठनको घोषणा गरिएकोमा खेद पनि व्यक्त गरेको छ ।
विश्वका असंख्य बौद्धजनको आस्थाको केन्द्र भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विकास निर्माणका कार्य अघि बढाउने काम जापानी वास्तुकलाविद् केन्जो टाँगेले तयार गर्नुभएको गुरुयोजनाविपरीत हुन नहुनेतर्फ पनि समूहले सबै पक्षको ध्यानाकर्षण गरेको छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमणको बेला लुम्बिनीको जन्मस्थलबारे छिमेकी मुलुकबाट हुँदैआएको मिथ्याप्रचारको नेपाल सरकारको तर्फबाट आधिकारिक तवरमा खण्डन गरिनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।

तपाईको प्रतिक्रिया