Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं –नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताउनुभएको छ । एमालेको स्थायी कमिटीले नै सो प्रस्ताव पारित गरिसकेको उल्लेख गर्दै उहाँले यसबारे जस्केलामा नभई मझधारमै आएर छलफल गर्न आग्रह गर्नुभयो ।

व्यवस्थापिका–संसद् परिसरमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको सन्दर्भमा आज सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनमा सहजताका लागि राष्ट्रिय सहमतिको सरकारले राम्रो वातावरण निर्माण गर्नेछ, त्यस्तो सरकारको नेतृत्व गर्न वा त्यसबारे छलफल गर्न एमाले जहिले पनि तयार छ ।”

तपाईको प्रतिक्रिया