Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौँ – तीजको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘रावायण’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युबबाट ‘तिम्रै लागि’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो। गीतमा बलिउड गायक कुनाल गान्जावाला र सोनु कक्करको स्वर छ। गीतको शब्द डा. कृष्णहरि बरालले लेखेका हुन् भने गीतको संगीत निरज सिंहले दिएका छन्।

यसको भिडिओमा फिल्मका शीर्ष कलाकार पूजा शर्मा र पल शाह फिचर्ड छन्।। उनीहरुलाई जंगलको बाटोमा कारमा यात्रा गर्दै र वसन्तपुर दरबार स्क्वायरमा नृत्य गर्दै देख्न सकिन्छ। कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। फिल्म सुदर्शन थापा र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको ह। फिल्मकी निर्माता पुजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, र निकिता चण्डक लगायतका कलाकारको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया