Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडं – आफूले सुत्नु अगाडि खाटमा चार्ज गरेर राखेको ट्याब्लेट बलेर बिहान उठ्दा डस्ना समेत प्वाल पारिदिएपछि एक एघार वर्षीय युवक आश्चर्यमा परे । यसरी धेरैपटक प्राविधिकविद्हरुले मोबाइल चार्ज गर्दा जल्न सक्ने वस्तुमाथि नराख्न सुझाव दिँदै आएका छन् ।
आगो नियन्त्रण विभागका अनुसन्धान विद् पल श भन्छन्-  ‘सबैभन्दा पहिले त कसैले पनि आफ्नो फोन सिरानी मुनि राखेर सुत्ने गर्नु हुँदैन भन्ने कुरा जानि राख्नुपर्छ र चार्जमा राख्दा खाटमाथि पनि छाड्नु हुँदैन ।’

उनी भन्छन् – ‘यसलाई ब्याट्रिको ‘थर्मल रनवे’ भनिन्छ जुन आफैँ तात्ने प्रक्रिया हो र यो लगातार तातिरहने गर्दछ । त्यसैले एउटा काठको टेबलमाथि चार्ज गर्नु उचित हुन सक्छ किनकी ब्याट्रिको ऊर्जा त्यसलाई जलाउन पर्याप्त हुँदैन तर कपडा, कागज लगायतका वस्तुहरु सजिलै बल्न सक्छन् ।’

त्यसैगरी पलले सकेसम्म सधैँ मोबाइल फोनसँगै आएको चार्जर मात्र प्रयोग गर्न समेत सुझाव दिएका हुन् । इलेक्ट्रिकल सेफ्टी फर्स्टका कार्यकारी प्रमुख फिल बकल पनि रातभर डिभाइस चार्जमा राखेर छाड्नुको विरुद्धमा रहेको बताउँछन् । उनले भनेका छन् – ‘सधैँ सुत्नु अगाडि सबै स्वीच बन्द गरेर सुतेको राम्रो हुन्छ ।’ ***  एजेन्सी

 

तपाईको प्रतिक्रिया