Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुरको हालको यात्रा सफलता र कीर्तिमानले भरिएको छ। हालै रिलिज भएको उनको फिल्म ‘स्त्री २’ को अपार सफलताले उनलाई सुपरस्टारको श्रेणीमा पुर्याएको छ। श्रद्धाको सफलता मात्र फिल्ममा सीमित छैन। इन्स्टाग्राममा पनि उनले उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्। केही दिनअघि मात्र उनले इन्स्टाग्राममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछाडि पार्दै फलोअर्सको संख्यामा नयाँ कीर्तिमान बनाएकी थिइन्।

अब श्रद्धा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने दोस्रो भारतीय र भारतीय महिलामध्ये सबैभन्दा धेरै फलोअर्स बनाउन सफल भएकी छन्। उनलाई ९२.१ मिलियन मानिसहरूले पछ्याइरहेका छन्। श्रद्धाले यस क्रममा भारतीय अभिनेत्री प्रियंका चोपडालाई पनि पछि पारेकी छिन्। ‘स्त्री २’ को सफलतापछि उनको इन्स्टाग्राम फलोअर्समा ठूलो वृद्धि देखिएको छ। यसअघि प्रियंका चोपडा फलोअर्सको मामिलामा शीर्ष स्थानमा थिइन्।

हाल भारतीय क्रिकेटर विराट कोहली इन्स्टाग्राममा २५० मिलियन फलोअर्ससहित पहिलो स्थानमा छन्। ‘स्त्री २’ रिलिज हुनुअघि श्रद्धाको इन्स्टाग्राम फलोअर्स २५ मिलियन थियो, जुन अहिले उल्लेखनीय रूपमा बढेको छ।

तपाईको प्रतिक्रिया