Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

टोकियो – अहिलेको युवायुवतीहरुमाझँ एक भ्रम छ, पातलको ज्यान भएकी केटी मात्र सुन्दर हुन्छन् । यो सोचाई कति सत्य कति गलत त्यो सजिलै भन्न सकिन्न । मोटो भने बित्तिकै केही मान्छेले असुन्दर होला भनेर नै सोच्छ, तर यो कुरा कतिको यर्थाथ छ त ?

भनिन्छ, सुन्दरताको आंकलन उसको अनुहार र शारिरीक वनावटसँग होइन उसको बानी व्यवहारसँग गर्नुपर्छ । अर्को पनि भनाई छ , फस्र्ट इम्प्रेशन इज लास्ट इन्प्रेशन । हो, हामीले मानिसको बानी व्यवहारबाट उसको सुन्दरताको आंकलन गर्नुअघि नै उसको हाउभाउ र शारिरिक वनावटले हाम्रो मानसपटलमा उनीबारे आफै मुल्यांकन भईसकेको हुन्छ ।

त्यस्तै जागिरका लागि पनि पातला स्लीम केटीहरुले प्राथमिकता पाउने गर्दछन् । जापान, कोरिया चीनलगायतका एसियाली देशमा त झन् मनिसहरु प्रायजसो दुब्ली–पातली केटीहरु नै मन पराउँछन् । त्यसैले मोटा केटी प्रति हेर्ने समाजको नजरमा परिर्वतन ल्याउन जापानको टोकियोमा एक रेष्टुरेन्टमा मोटा केटीलाई मात्र जागिर दिइन्छ । क्याफेमा मोटी केटी मात्र काम गर्छन् ।

जापानी सौन्दर्य मापदण्डलाई चुनौती दिदैं टोकियोको आकियावारामा खुलेको “सान्ग्रीला” रेष्टुरेन्टले मोटा महिला कर्मचारीको कारणले ठूलो संख्यामा प्रशंसकहरू प्राप्त गरेको छ।

क्याफेका मालिकले आफु मोटो भएर धेरै ठाउँमा लज्जित भएका मोटी केटीहरुलाई प्रोत्साहन गर्न यो कार्य अघि बढाएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया