Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय संगीत तथा फिल्म निर्माण कम्पनी ‘टी-सिरिज’ लाई पछि पार्दै विश्वप्रसिद्ध युट्युबर ‘मिस्टर बिस्ट’ सबैभन्दा धेरै युट्युब सब्सक्राइबर भएका युट्युबर बनेका छन्।

मिस्टर बिस्टको युट्युब च्यानलले टी-सिरिजलाई उछिन्दै सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको उपाधि पाएको हो। टी-सिरिजका सब्सक्राइबर २६ करोड ६७ लाख ६ हजार हुँदा मिस्टर बिस्टले उनलाई उछिनेका हुन्। मिस्टर बिस्टले आफ्नो सामाजिक सञ्जालमा सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल बनेको जानकारी दिएका छन्।

अहिले मिस्टर बिस्टको च्यानलमा २६ करोड ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका छन् भने टी-सिरिजको च्यानलमा २६ करोड ६५ लाख भन्दा बढी सब्सक्राइबर छन्। केही वर्षदेखि नै मिस्टर बिस्टले सामाजिक सञ्जालमा टी-सिरिजलाई उछिनेर सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानल बनाउने लक्ष्य रहेको बताएका थिए। उनले बेला बेला यो लक्ष्यबारे सेयर गर्ने गरेका थिए।

२६ वर्षीय मिस्टर बिस्ट, जसको वास्तविक नाम जेम्स स्टेफन डोनाल्डसन हो, एक अमेरिकी युट्युबर हुन्। उनी सामाजिक कार्यहरू र अनौठा तथा चुनौतीपूर्ण कार्यहरूको भिडियो बनाउनका लागि चर्चित छन्।

 

 

तपाईको प्रतिक्रिया