Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’ जस्ता भारतीय रियालिटी शोमा विजयी बनेर चर्चामा आएकी तेरिया फौजा मगरले अब नेपाली फिल्म ‘मितज्यू’ मार्फत अभिनेत्रिको रुपमा डेब्यु गर्ने भएकी छन्। बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै तेरियालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको जानकारी गराएको हो।

रियालिटी शोमा सफलता पाएपछि तेरियालाई थुप्रै नेपाली फिल्मका अफर आए पनि उनले कुनै स्वीकार गरेकी थिइनन्। तर, केही समयअघि उनले भारतीय टेलिभिजन दूरदर्शनको ‘स्वराज’ सिरियलमा रानी गाइदिन्ल्यूको भूमिका निभाएकी थिइन्। अब भने उनले ‘मितज्यू’ मार्फत नेपाली फिल्म क्षेत्रमा औपचारिक रुपमा पाइला चाल्दैछिन्।

यस फिल्ममा तेरियासँगै अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा रहनेछन्। यसअघि ‘घरज्वाइँ’ फिल्ममा समेत देखिएका दयाहाङको व्यस्तताका कारण ‘मितज्यू’को छायांकन तिहारपछि मात्र सुरु हुने बताइएको छ। यद्यपि, फिल्मको प्रदर्शन मिति भने आगामी चैत २७ गतेलाई तोकिएको छ।

अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘मितज्यू’मा जनक घर्ती मगरको लगानी रहनेछ भने महेश राईले कथा लेखेका छन्। फिल्म पहाडी परिवेशमा आधारित रही आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा चित्रण गर्नेछ। निर्माण टिमले अघिल्लो महिना पेन्टिङमार्फत् थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया