Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

काठमाडौँ – चलचित्र ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा ग्रामीण जीवनमा आधारित कथा प्रस्तुत गर्दै दयाहाङ राई र सौगात मल्लबीच एक युवतीका कारण हुने विवाद देखाइएको छ।

फिल्ममा दयाहाङ र सौगातसँगै खड्गबहादुर पुन मगर (खबपु), तेरिया फौजा मगर, शिशिर वाङ्देललगायत कलाकारको अभिनय देख्न सकिन्छ। तेरिया मगरले यसै चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी हुन्।

अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेले पनि अभिनय गरेका छन्। जनक घर्ती मगर निर्माता रहेको फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् भने छायांकन शिशिर बिशंखेको रहेको छ। ग्रामीण परिवेश र सम्बन्धका कथालाई केन्द्रमा राखेको ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

तपाईको प्रतिक्रिया