Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
काठमाडौं- माओवादी पोलिटब्युरो सदस्य एवं सभासद् हितमान शाक्यले आफ्ना स्वकीय सचिव (पीए)लाई पारिश्रमिक नदिएको खुलासा भएको छ ।
स्वकीय सचिव नवीन तामाङले संविधानसभा सचिवालयमा शाक्यले आफूलाई दिनुपर्ने ८१ हजार २ सय ६२ रूपैयाँ नदिएको उल्लेख भन्दै ‘तलब उपलब्ध गराइपाऊँ’ भन्ने व्यहोराको पत्र दर्ता गराएपछि यस्तो खुलासा भएको हो ।
तामाङले तीन महिना मासिक ४ हजारका दरले मात्र पारिश्रमिक दिएको त्यसपछि नदिएको पत्रमा उल्लेख छ । तामाङ ०६८ बैशाखदेखि स्वकीय सचिव भएका थिए। त्यसअघि वाईसीएलका दिलिप प्रजापतिका सहयोगी थिए।
संसद् सचिवालयबाट भने सभासद् शाक्यले स्वकीय सचिवको पारिश्रमिकबापत प्रतिमहिना १३ हजार ९० रूपैयाँ बुझेका छन्।
साउनमा कर्मचारीको तलब वृद्धिसँगै स्वकीय सचिवको पारिश्रमिक बढेर मासिक १८ हजार रुपैयाँ पुगेको छ। त्यसयता तामाङले एक पैसा पनि पाएका छैनन्।
पैसा दिन पटक-पटक आग्रह गरेपछि असोज २४ गते सभासद् शाक्यले मौखिक रूपमा स्वकीय सचिवबाट हटाएको जानकारी दिएको तामाङले निवेदनमा उल्लेख गरेका छन् ।
वैद्य पक्षीय शाक्यका पीए तामाङ पनि सोही पक्षधर हुन् ।

तपाईको प्रतिक्रिया