Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन्। केही युवाहरूलाई लिएर बालकोटमा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको एसपी वेद विष्टले जानकारी दिएका छन्।

मनोज घरमा नभएको बेला ८५ वर्षकी गजुरेलकी आमालाई धम्क्याउँदै, लछारपछार गर्दै चाबी लगाएर हिँड्न लागेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरेपछि मिना ढकाल पक्राउ परेकी हुन्। मिना र मनोजबीच २०७४ सालमा सहमतिको आधारमा सम्बन्ध विच्छेद भएको थियो। तर, मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्र हत्या गर्ने कार्य जारी राखेकी थिइन्। यसपटक भने उनी घरमै चाबी लगाउन पुगेकी थिइन्।

मनोज गजुरेल र मिना ढकालका १ छोरी र १ छोरा छन्। छोरी क्यानडामा बस्छिन् भने छोरा मनोजसँगै बस्दै आएका छन्।

 

 

तपाईको प्रतिक्रिया