Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौं – भुटानमा तीन नेपाली भाषी मन्त्री बनेका छन् । भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ । शिक्षामन्त्रीमा डिम्पल थापा र पूर्वधार तथा यातायात मन्त्रीमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । भुटानको इतिहासमा नेपाली भाषी नागरिकले परराष्ट्र मन्त्रालयकै जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो ।

तीन जना नेपाली भाषी मन्त्रीमण्डलमा समाबेश भएसंगै देश निकालिएका भुटानी नागरिकहरु स्वदेश फर्कन पाउनेमा आशावादी देखिएका छन् । भुटान स्वतन्त्र पीपुल्स फोरमले प्रधानमन्त्री तोब्गेलाई बधाई दिँदै भुटानी शरणार्थीलाई स्वदेश फर्काउनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

भुटान स्वतन्त्र पीपुल्स फोरमका महासचिव डीबी सुब्बाले भुटानी शरणार्थीको समाधानका लागि अवसरहरु खोज्नका लागि प्रधानमन्त्री तोब्गे, तोब्गेको पार्टी र सरकारसँग सार्थक वार्ता गराउने अवसर जुटाउन समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया