Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटका अनुसार भारतमा सबैभन्दा सस्तो इन्टरनेट सुविधा भएको बताईएको छ ।

भारतमा एक जीबी मोबाइल डेटाको ० दशमलव २६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२ दशमलव ३७ डलर, ब्रिटेनमा ६दशमलव ६६ र विश्वमा औसत ८ दशमलव ५३ डलर पर्छ।तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०दशमलव १० डलरभन्दा कम तिरिरहेका बताउँछन्।उनीहरुले अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन्।

वास्तविक मूल्य जे भए पनि के कुरा प्रस्ट भने भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो नै छ। तर त्यो सधैँका लागि नहुन पनि सक्छ।मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्ने जानकारहरु बताउंछन्।***

तपाईको प्रतिक्रिया