Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – सबैले मन पराउने बिरयानीलाई दक्षिण एशियाली परिकारको बादशाह भन्दा अतिशयोक्ति नहोला। तह तह गरी पकाइने यो परिकार मासुका टुक्रासहित बास्नादार बास्मती वा कालाजिरा चामलबाट बनाइन्छ र अन्त्यमा यसमा केसर छर्किइन्छ। यसको विशिष्ट बास्नाले सबैलाई अवश्य पनि कुनै विशेष अवसर होला भन्ने भान गराउँछ। पाकिस्तानमा अति लोकप्रिय रहेको यस परिकारले बारम्बार एउटै प्रश्न उठाउँछ, – ‘के यो पाकिस्तानको राष्ट्रिय परिकार हो ?’

पहिले राजपरिवारका लागि बनाईने यो परिकारले अहिले आएर प्रत्येक स्थानको स्वाद र परम्परा प्रतिबिम्बित गर्दछ। साथै यो पाकिस्तानका धेरै जसो ठाउँको साझा परिकार भएको छ। तथापि बिरयानी पाकिस्तानको राष्ट्रिय परिकार हो कि होइन विवादको विषय बनेको छ। पाकिस्तान सरकारले कुनै पनि राष्ट्रिय परिकारको घोषणा गरको छैन किन कि हरेक क्षेत्रमा कुनै एक परिकार मात्र लोकप्रिय छैन र यस्ता महंगा परिकार केही पाकिस्तानीको पहुँचमा छैन । तथापि बिरयानी पक्कै पनि यस पदवीको एउटा प्रमुख दाबेदार रहेको छ।

भारतीय उपमहाद्वीपका मुस्लिम समुदायबाट प्रारम्भ भएको यो परिकार यस क्षेत्रबाहेक अन्य ठाउँमा पनि लोकप्रिय छ। ***

तपाईको प्रतिक्रिया