Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
मुम्बई, भारत (एजेन्सी)- रितेश देशमुख र जेनियाको प्रेम कथा  वैवाहिक बन्धनमा गएर समाप्त भइ सकेको छ। तर बलिउडमा प्रेमका अझ धैरै कहानी अधुरै छन्। भ्यालेन्टाइन डेको बहानामा त्यस्ता केही पुरा केही अपुरो कहानीको यहाँ वयान गरिदै छ।
 हालै लगनगाँठो बाधेका रितेश र जेनेलिया वैवाहिक जोडीका रुपमा आफ्नो पहिलो भ्यालेन्टाइन डे मनाउदै छन्। बलिउडमा धेरै जोडी यस्ता पनि छन् जो निकै अघि देखि विहे पूर्व नै भ्यालेन्टाइन डे मनाइरहेका छन्। अनी केही यस्ता बहादुर छन् जसले खुलेआम आफ्नो प्रेमको घोषणा गरेका छन्। अर्थात बलिउडमा प्रेमको परम्परा फिल्मि पर्दासम्म मात्र सिमित छैन। स्टारहरूको हृदय वास्तविक रुपमा समेत प्रेमका लागि मच्चिने गर्छ।
चाडै नै सेफअली खान र करिना कपुरले विहे गर्दैछन्। सुनेको कुरालाई मान्ने हो भने त्यसपछि कुणल खेमु तथा सोहा अली खान, दिया मिर्जा र निर्देशक साहिल संघ, रानी मुखर्जी र आदित्य चोपडा पनि वैवाहिक बन्धनमा बाँधिदै छन्।
उता बिपाशासँग व्रेकअप भएपछि जन अब्राहमले नयाँ प्रेम भेटाएको पनि खबर छ। विद्या बालन र यूटिवी मोसन पिक्चर्सका सिइओ सिद्धार्थराय कपुर विच पनि …केही’ भइ रहेको खबर प्राप्त भएको छ त्यस्तै साजिद खान र ज्याकलिन फर्नान्डिजको विहेको खबर पनि आएको छ।
हिन्दी सिनेमाका कलाकारको प्रेम कहानी देविका रानी देखि करिना कपुरसम्म र दिलिप कुमार देखि रणवीर कपुरसम्म जारी छ। दि फर्स्ट लेडी अफ दि इन्डियन स्कृनको नामबाट चर्चित अभिनेत्री देविका रानी र हिमांशु रायको उमेरमा निकै अन्तर थियो। तर सन् १९२९मा इ दुवैबीचको प्रेम छचल्किने स्तरमा पुगेपछि रानी राय बनिन्। पुरानो समयमा देव आनन्द र सुरैया विचको रोमांसका विच धर्म र जाती पर्खाल बनेको थियो। देव आनन्दले कल्पना कार्तिकसँग विहे गरे। तर सुरैया आजीवन कुमारी नै रहिन। गुरुदत्त र वहिदा रहमानको प्रेम पनि निकै चर्चित थियो। वहिदाद्वारा प्रेम प्रस्ताव अस्विकार गरिएपछि गुरुदत्तले आफूलाई रक्सीमा डुवाए जुन उनको मृत्युको कारण पनि बन्यो।

तपाईको प्रतिक्रिया