Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

लहान – जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गर्ने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न आरोपमा सिरहाको हाकपरा गाविस–६ निवासी २६ वर्षीय विलक्षण यादवलाई पक्राउ गरेको हो ।
तत्काल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) मा आबद्ध भई २०६८ सालमा कुकर बम विस्फोट गराउने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न रहेकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया