Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

vijay timilsina (1)

खल्बलिएको मनस्थिती पछाडि भिरेको झोला
थाहा छैन जाने कहाँ, भन्ने कसलाई, गर्ने के
थप्लोमा साहुको ऋणको बोझ

 

घरमा आमा, बाउ, प्यारीका भिजेका आँखा
अनी पुन्टेको भविष्य

हरेक नयाँ बिहानी सँगै, नयाँ जीवन खोज्दै
सबको जिन्दगीमा उज्यालो ल्याउन
टोल, गल्ली हुँदै शहर छिरेको
फर्किएला छोरो उकास्ला घर खेत
बाटो हेर्दै बसेकी प्यारी
बा-बा आउँछन् पा-पा ल्याउँछन्

 

पा-पा खाउला स्कुल जाउँला
भन्दै बसेको पुन्टे
सबैको भविष्य म

 

अनी मेरो भविष्य
खोइ कहाँ कहाँ ?

अब बाँकी कलेटी परेको ओठ
खोक्रो पेट, ख्याउँटा गाला
थाकेको शरीर, भित्र छिरेका आँखा
उही पुरनो झोला पछाडि भिरी

खाली हात, त्यही लोते चप्पल
मैन बत्तीमा गाँसेर
फर्कदै छ बा तपाईंको छोरो
सहुलाई रिझाउँदै गर्नु
जोतेर खेत तिर्ने छ ऋण

धेरैका छोरा यो शहरमा रमाउँदा
म तपाईंको नलायकलाई
यो शहरले एकपल पनि हाँस्न दिएन
यो शहरलाई मैले चिन्न सकिन
तपाईंले दिएको शिक्षाले
यो शहरमा काम गरेन
इमानदारिताको यो शहरले खिल्ली उडायो
मेरो स्वाभिमानको वलत्कार गर्‍यो
म वलात्कृत भएर यो शहरमा टिक्न सकिन
त्यही झोला अनी त्यही चप्पल गाँसेर
फर्कदै छ बा तपाईंको छोरो

 

तपाईको प्रतिक्रिया