नयाँ दिल्ली- प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जति चर्चा भए पनि ईन्दिरा गान्धी विमानस्थलमा बिहीबार भएको स्वागतले भने केही खिन्नता दिलायो ।पुरानो परम्परा तोड्दै प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागत गर्न भारतीय विदेश मन्त्रालयका ‘सामान्य कर्मचारी’ चिफ अफ प्रोटोकल रुचिरा खामभुज इन्दिरा गान्धी अन्तर्राष्ट्रयि विमानस्थल आएका थिए ।
अघिल्ला प्रधानमन्त्रीहर पुष्पकमल दाहाल र माधवकुमार नेपालको स्वागतमा राज्यमन्त्री नै आएका थिए । लोकतन्त्र पुनर्बहालीपछि राष्ट्राध्यक्षसहितको प्रधानमन्त्रीका रपमा गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा आउदा भने समकक्षी मनमोहन सिंह आफैं स्वागतमा आएका थिए । उनले कोइरालालाई स्वागत गर्दै भेनका थिए, ‘तपाईं एसियाकै महान नेता हुनुहुन्छ ।’
भट्टराईको स्वागतमा पनि विदेश राज्यमन्त्रीसम्मको अपेक्षा थियो । तर कर्मचारीले स्वागत गरेकोमा नेपाली टोली आश्चार्यमा परेको थियो । ‘हामीले यसपटक विदेशमन्त्री नै स्वागतमा आउलान् भन्ने सोचेका थियौं,’ परराष्ट्रका एक अधिकारीले भने, ‘तर कर्मचारीले देखेर साच्चै आश्याचैमा पर्यौं ।’








