Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री उपस्थित नहुनु संसदीय परम्पराविपरीत भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले लोकतान्त्रिक मुलुकहरूमा विपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री संसद्मा उपस्थित रहने अभ्यास रहेको उल्लेख गरे। विपक्षीको धारणा सरकारका लागि सुझाव र मार्गनिर्देशन हुने भएकाले प्रधानमन्त्रीले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।

आङ्देम्बेले प्रधानमन्त्री बालेन शाह आफू बोल्ने क्रममा उपस्थित नहुने अनुमान पहिले नै लागेको पनि बताए। उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर प्रतिपक्षका धारणा सुन्नु लोकतान्त्रिक संस्कार र संसदीय मर्यादाको विषय भएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। साथै, प्रधानमन्त्रीलाई संसद्मा नियमित उपस्थित हुन आग्रह गर्नु आफ्नो जिम्मेवारी पनि रहेको उनले बताए।

तपाईको प्रतिक्रिया