Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध वौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी दर्ता भएको छ। कलाकार तथा लेखक अजित लामिछानेले यो फिल्मले आफ्नो फिल्म ‘लाज’ को कथावस्तु नक्कल गरेको दाबी गर्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

लामिछानेले ‘पूर्णबहादुरको सारङ्गी’ का कथाकार तथा निर्देशक सरोज पौडेलले ‘लाज’ को कथा र केही प्लटलाई हुबहू नक्कल गरेर फिल्म निर्माण गरेको आरोप लगाएका छन्। उजुरीमा कथासार र पटकथालाई जानाजानी तोडमोड गरी चोरी गरिएको उल्लेख गरिएको छ।

लामिछानेका अनुसार दुई वर्षअघि उनले ‘लाज’ को कथा, पटकथा र संवाद निर्देशक पौडेललाई सुनाएका थिए। त्यस्तै, फिल्म निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रवन्ध निर्देशक रामबाबु गुरुङलाई सहकार्यको प्रस्ताव गर्दै इमेल समेत गरिएको दाबी गरेका छन्।

उजुरीमा लामिछानेले आफ्नो वौद्धिक सम्पत्तिको संरक्षण गर्दै फिल्मका निर्देशक र अन्य सम्बन्धित व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्। यस विषयमा उनले केही समयअघि सामाजिक सञ्जालमा लामो पोस्टमार्फत पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया