Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

काठमाडौं – आज हामीले प्रयोग गरिरहेका जति पनि डिभाइस छन्, सबैले जीवन सहज बनाइरहेका छन् । विशेषगरी हामीले प्रयोग गर्ने सेलफोन हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ । फोनबिनाकाे दैनिकी कल्पनासम्म गर्न नसक्ने भएका छाैं । तर यो आवश्यकताभन्दा बढी लत बनिरहेकाे त छैन भन्ने प्रश्न सर्वत्र उठिरहेकाे छ । हामी हाम्रो महत्त्वपूर्ण समय मोबाइल चलाएर नै बिताउने गर्छौं ।

तर पहिलो पटक वायरलेस फोन विकास गर्ने इन्जिनियर भने आज आएर डिभाइस धेरै प्रयोग नगर्न आग्रह गरिरहेका छन् । सेल फोनको आविष्कार गर्ने इन्जिनियर मार्टिन कुपरले मानिसहरूलाई आफ्नो वास्तविक जीवन जीउन र डिभाइसहरू धेरै प्रयोग बन्द गर्न आग्रह गरेका छन् ।हाल ९३ वर्ष उमेर पुगेका कुपरले सन् १९७३ मा मौलिक वायरलेस सेलुलर उपकरणकाे रूपमा मोटोरोला डाइनाट्याक ८००० एक्स (Motorola DynaTAC 8000X) विकास गरेका थिए ।

तर आज आफैंले वायरलेस डिभाइस आविष्कार गरेको लगभग ५० वर्षपछि उनले फोनमा कम समय बिताउन आग्रह गरेका छन् । हालै बीबीसी ब्रेकफास्टसँगको कुराकानीमा, यी अमेरिकी आविष्कारक एवं इन्जिनियरले मानिसहरूले धेरै डिभाइस प्रयोग गरेर आफ्नो समय बर्बाद गरिरहेको अभिव्यक्ति दिएका हुन् ।

https://twitter.com/BBCBreakfast/status/1541675752151711744?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1541675752151711744%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.techpana.com%2F2022%2F131708%2F

तपाईको प्रतिक्रिया