Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – सेयर बजारले काराेबार रकममा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेकाे छ । साताको दोस्रो कारोबार दिन सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो ।

यसअघि आइतबार मात्रै नयाँ रेकर्ड बनेको थियो । आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार सेयर बजार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २,९३१.६५ को विन्दुमा अडिएको छ । सोमबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ ।

लगानीकर्ताहरू साेमबार पनि लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूहमा ५.८५ प्रतिशतले बढेको छ । सूचीकृत समूहमध्ये लगानी र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । हिमालयन रिको सेयर १ करोडभन्दा माथि कारोबार भएको छ ।

सोमबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै कुथेली ब्रुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया