Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको चौथो दिन १२ नेताले धारणा राखेका छन्। पार्टी अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा १२ जना नेताले आआफ्नो धारणा राखेका हुन्।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष हाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथिस्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यले विचार राख्नेक्रम जारी छ।

प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावसहित धारणाहरु राखेका हुन्। बुधबारको बैठकमा १२ नेताले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बुधबार मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेका हुन्।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा आ–आफ्नो कोणबाट वक्ता केन्द्रित रहनुभयोे’, बैठकपछि प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  नेकपा स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

तपाईको प्रतिक्रिया