Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट भारतीय ह्याकरले कब्जा गरेका छन् । भारतीय ह्याकरले ‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका छन् ।

आइतवार साँझ करिब पाँच बजे ‘GHO57_5P3C706’ नामक ह्याकरले वेबसाइट ह्याक गरेको सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिएको हो।

नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय ह्याकरहरूले नेपाली साइट ह्याक गर्ने क्रम बढाइरहेका छन् । सोही क्रममा आइतबार प्राधिकरणको साइट ह्याक गरेका हुन् ।

त्यस्तै छ हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देश समेत राखेको छ ।

भारतीय ह्याकरले दिनभरजसो आफ्नो कब्जामा लिएका हुन् ।

प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले वेबसाइट ह्याकरको नियन्त्रणबाट बाहिर आएको बताएका छन्। ‘ह्यक गरेका थिए तर हाम्रो डाटामा हानी भएको छैन’ क्षेत्रीले भने, ‘फेरि ह्याक नगरून भन्नको लागि अहिले साइट डाउन गरेर काम भैरहेको छ।’

नेपाल भारत सीमा विवादका कारण साईबर हमला बढेको छ। भारतीय ह्याकर र नेपाली ह्याकरले एक अर्को देशका साइट ह्याक गर्ने काम गरिरहेका छन्।

सन् २०१८ बाट ह्याक गर्न सुरु गरेको भनेका ह्याकरहरुले ट्वीटर र फेसबुकको लिंक समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया