Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि औपचारिक प्रक्रिया अघि बढेको छ। सुरुङ सञ्चालन तथा व्यवस्थापनका लागि नागढुंगा सुरुङमार्ग निर्माण आयोजना र युसिन–एआरटी जेभीबीच सम्झौता भएको छ। सम्झौता अनुसार उक्त कम्पनीले आगामी ५ वर्षसम्म सुरुङको सञ्चालन र मर्मतको जिम्मा पाएको छ। आयोजना अनुसार सन् २०२६ मे महिनाको दोस्रो सातादेखि सेवा प्रदायक कम्पनीले काम सुरु गर्नेछ।

त्यसपछि सुरुङ सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिलाई तालिम दिइनेछ। सन् २०२६ जुनको दोस्रो सातासम्म तालिम सम्पन्न गरी सोही महिनाको अन्त्यतिर परीक्षण सञ्चालन गर्ने योजना छ। सुरक्षा र प्राविधिक परीक्षण सफल भएपछि सन् २०२६ जुलाई अन्त्यतिर सुरुङ सर्वसाधारणका लागि खुला गरिनेछ।

सम्झौता अनुसार कम्पनीले सुरुङको संरचना, विद्युतीय तथा मेकानिकल प्रणाली, सुरक्षा व्यवस्था, ट्राफिक नियन्त्रण, टोल सङ्कलन र २४ घण्टा निगरानी गर्नेछ। आपतकालीन अवस्थामा उद्धार तथा समन्वयको जिम्मेवारी पनि उसैको हुनेछ। सुरुङ सञ्चालनपछि नागढुंगाको जाम र घुमाउरो सडकको समस्या घट्ने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया