Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौँ – शंकर घिमिरेको लेखन र निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक गरिएको यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रहेको छ। गीतमा निशान भट्टराई र समीरा थपलियाले स्वर दिएका छन्। फिल्मका प्रमुख कलाकार विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती यस गीतमा देखिएका छन्।

यो गीत अभिनेता विपिन कार्कीकी दिवंगत आमाप्रति समर्पित गरिएको छ। उनकी आमा सरस्वतीको हालै निधन भएको थिय। उनि अहिले अहिले क्रियाकर्ममा व्यस्त छन्। फिल्म ‘तेल भिसा’मा विपिन कार्कीले दुई भिन्न भूमिका निभाएका छन्—जवान र वृद्ध पात्रका रूपमा। यस फिल्मबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा फर्किंदैछन्। यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’, र ‘तुलसी’ जस्ता फिल्महरूको निर्देशन गरेका थिए।

‘तेल भिसा’ मंसिर ७ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। वेलडन क्रियसनको ब्यानरमा बनेको यो फिल्ममा ऋचा घिमिरेको प्रस्तुति रहेको छ भने अनिल पाण्डे र शिवराज कार्कीले लगानी गरेका छन्। फिल्ममा प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन्,र छायांकन सुशन प्रजापतिले गरेका छन्। यसै गरी, रामजी लामिछाने र शिशिर खातीले नृत्य निर्देशन, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजले संगीत, विजय बस्यालले पोस्टर डिजाइन र अजय खड्काले सम्पादनको जिम्मा लिएका छन्।

तपाईको प्रतिक्रिया