Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
काठमाडौं- हिन्दूहरुको दोस्रो ठूलो धार्मिक चाड तिहार सोमबारदेखि सुरु भएको छ । तिहार पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चक आजबाट सुरु भएपनि भोलि काग र कुकुर तिहार एकै दिन परेको छ । धार्मिक मान्यताअनुसार यमराजको सन्देशवाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पुजा गरेर खानेकुरा दिइन्छ ।
तिहारलाई वैदिककालमा भगवान विष्णुले खुसीभई बली राजालाई कात्तिक कृष्णपक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको भन्ने धार्मिक विश्वास रहिआएको छ । यी ५ दिन बली राजाले आफ्नो राज्यमा दीपावली गरी झकिझकाउ पारेको किंवदन्तीसँग यस पर्वलाई जोडेर हेर्ने गरिन्छ ।
 यसो गरेमा धनकी देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपुर्ण पारिदिन्छन् तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई बरदान दिएको कथा तिहारको प्रसँगमा जोड्ने गरिन्छ । त्यसैले तिहारलाई दिपावली पनि भन्ने गरिन्छ ।
तिहारमा पुरुषले देउसी र महिलाहरुले भैली खेल्ने प्रचलन छ ।

तपाईको प्रतिक्रिया