Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – डोनाल्ड ट्रम्पको हत्या योजना रचिएको आरोपमा अमेरिकी सरकारले एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। अमेरिकी न्याय मन्त्रालयका अनुसार, इरानमा तयार गरिएको षड्यन्त्रमा अफगान नागरिक फरहाद साकेरी संलग्न रहेको बताइएको छ।

५१ वर्षीय साकेरीलाई ट्रम्पको हत्या योजना बनाएको आरोपमा म्यानहट्टन अदालतमा मुद्दा दायर गरिएको छ। आरोपपत्रअनुसार, इरानको रिभोलुसनरी गार्ड्सका एक अधिकारीले साकेरीलाई ट्रम्पमाथि निगरानी राख्न र उनको हत्या योजना बनाउन निर्देशन दिएका थिए।

अहिलेसम्म फरहाद साकेरी पक्राउ परेका छैनन् र उनी इरानमा रहेको अनुमान गरिएको छ। अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले यस षड्यन्त्रमा संलग्न अन्य दुई व्यक्तिहरूविरुद्ध पनि मुद्दा दायर गरिएको जानकारी दिएका छन्। ती व्यक्तिहरूलाई अमेरिकी पत्रकारको हत्या गर्ने उद्देश्यले भर्ती गरिएको थियो।

अहिले, साकेरीसँगै ती अन्य दुई व्यक्तिहरूलाई न्यूयोर्क अदालतमा पेश गरिसकिएको छ भने उनीहरूलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

तपाईको प्रतिक्रिया