Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026
काठमाडौं-  कट्टरपन्थी रिपब्लिकन पार्टी नियन्त्रित अमेरिकी कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिपि्रजेन्टेटिभस्’ ले डाइर्भरसिटी भिसा अर्थात डिभी चिठ्ठा प्रणालीको खारेजीको पक्षमा मतदान गरेको छ ।
परम्परागत रुपमा आप्रवासी नीतिप्रति कडा रवैया नीति अपनाउँदै आएको रिपब्लिकन पार्टी पक्षधर दुई सय ४५ कंग्रेसम्यानहरुले क्यापिटोल हिलको मतदानमा डिभीको विपक्षीमा उभिएका छन् । डेमोक्रयाट् पार्टीका एक सय ३९ कंग्रेस सदस्यहरुले डिभीको खारेजीले आप्रवासी नीतिको बृहत सुधारलाई नकारात्मक असर पुर्‍याउने जनाउँदै त्यसको विरोध गरेका छन् ।
रिपब्लिकनहरुले डिभी खारेजी गर्दै त्यसको साटो अमेरिकी विश्वविद्यालयबाट प्राविधिक बिषयमा डिग्री लिने विदेशी विद्यार्थीहरुलाई स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने पक्षमा देखिएका छन् ।
सन १९९० को आप्रवासी कानुन अन्तर्गत  सन १९९५  देखि शुरु भएको चिठ्ठा प्रणाली अन्तर्गत विश्वका बिभिन्न देशहरुबाट हरेक बर्ष ५५ हजार आप्रवासीहरुलाई चिठ्ठा मार्फत छनोट गरेर अमेरिकामा स्थायी बसोबास अर्थात ग्रीन कार्ड दिने गरिन्छ । ***

तपाईको प्रतिक्रिया