Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – ट्वीटरमा अब दुई घण्टाको भिडियो अपलोड गर्न पाइने भएको छ । ट्वीटरका मालिक एलन मस्कले यस्तो घोषणा गरेका हुन् ।तर यो सुविधा सबैमा लागि हुनेछैन । ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले यो सुविधा पाउनेछन् । ट्वीटर ब्लू ग्राहकहरूले दुई घण्टाको ८ जीबी सम्मको भिडियो क्लिपहरू अपलोड गर्न पाउने मस्कले बताएका छन्।

मस्कले ट्वीट गर्दै भनेका छन्, “ट्वीटर ब्लू भेरिफाइड सब्सक्राइबरहरूले अब दुई घण्टा (८ जीबी) भिडियो अपलोड गर्न सक्छन्।”अर्थात् यो सेवा लिनका लागि प्रयोगकर्ताले ट्वीटर ब्लूको सदस्यता लिनुपर्नेछ । त्यसपछि मात्र उनले दुई घण्टा लामो भिडियो सेयर गर्न सक्नेछन् । हालै मस्कले लिन्डा याकारिनोलाई ट्वीटरको नयाँ सीईओ बनाएका छन्।

 

तपाईको प्रतिक्रिया