Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौँ – इन्डोनेशियामा केहिदिन देखिको ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ । पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।jam

जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् । अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो ।

इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ। एक बच्चीको मृत्यु सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण भएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया