Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
मोरङ- महिला र पुरुष कैदी छुट्टाछुट्टै बस्ने व्यवस्था भएको मोरङ, कारागारभित्र २७ फागुनको राती एक महिलाले बच्चा जन्माएपछि सबै अचम्ममा परे। खासखुस गरे, होइन यो कसरी सम्भव भयो ? अन्ततः जेल प्रशासनले घटनाबारे अनुसन्धान नै सुरु गर्नुपर्‍यो। त्यो पनि समिति गठन गरेर।
सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित समितिमा अन्य सुरक्षा निकायसम्बद्ध अधिकारी सदस्य रहेका छन्। तर, अहिले समिति गठन गराए पनि सीता गर्भवती भएको थाहा हुँदाहुँदै पनि त्यहाँ कार्यरत सुरक्षाकर्मीले भने त्यति चासो राखेका थिएनन्।
जेलभित्र बच्चा जन्माउने कैदी हुन्, पाँच वर्षदेखि जेल सजाय झेल्दै आएकी खोटाङकी सीता सार्की, २७।  अन्ततः सोधखोजबाट पत्तो लाग्यो कि पुरुष कारागारको सरसफाइ विभागका नाइके दीपक परियार, ३०, सँगको शारीरकि सम्बन्धबाट सार्कीले बच्चा जन्माएकी रहिछन्।  धरानका दीपक डाँका मुद्दा अन्तर्गत जेल सजाय भोगिरहेका कैदी हुन्। दीपक सरसफाइका लागि हरेक बिहान महिला कारागारभित्र जाने क्रममा उनीहरूबीच शारीरकि सम्बन्ध रहँदै आएको रहेछ।
जेलभित्र आफ्नै जोडीलाई समेत यौन अधिकारबाट वञ्चित गराएको भन्दै वर्षौंदेखि बहस चल्दै आइरहेका बेला यसरी जेलभित्रै बच्चा जन्मनु, भएन त रमाइलो !

तपाईको प्रतिक्रिया