Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – जिन्स किन्दा सबैभन्दा पहिला त्यसको लेबल हेर्नुपर्छ। फेब्रिकबारे जानकारी हुनुपर्छ। ८० देखि सय प्रतिशतसम्म कटन मिक्स जिन्स आरामदायी हुन्छ। त्यसको फिटिङ पनि राम्रो हुन्छ।

कहिलेकाहीँ सानातिना ब्रान्डले जिन्समा अरू फेब्रिक मिसाइदिन्छन्। हेर्दा त जिन्स राम्रो देखिन्छ तर फिटिङ राम्रो हुँदैन। लिनेन फेब्रिक मिसाइएको जिन्सको फिटिङ पनि राम्रो हुन्छ। जिन्समा प्रयोग गरिएका फेब्रिक र देशबारे थाहा हुनुपर्छ। प्रायः अमेरिका, जर्मनी, जापानलगायत देशमा बनेको जिन्स राम्रो र टिकाउ मानिन्छन्।

कतिपयले एक किसिमका जिन्स लगाइरहन्छन्। सधैँ एकनास जिन्स लगाउनुभन्दा पसलमा पाइने नयाँ–नयाँ स्टाइल र ब्रान्डका जिन्स किन्दा बेस हुन्छ।

आफ्नो साइज थाहा पाइराख्नुपर्छ। उमेरअनुसार शरीरको साइज बदलिरहन्छ। त्यसैले जिन्सको साइज पनि फेरिरहनुपर्छ।

जिन्स छान्दा ठाउँ र अवसर ख्याल गर्नुपर्छ। अफिसमा लगाउनका लागि जिन्स छनोट गर्दै हुनुहुन्छ भने साधारण जिन्स छान्नुपर्छ। साथीभाइसँग घुमघाम गर्न जाँदा चाहिँ टाइटफिटिङ जिन्स सुहाउँछ।

तपाईको प्रतिक्रिया