Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौँ – दयाहाङ राई, मिरूना मगर र विजय बराल अभिनीत प्रतिक्षित फिल्म ‘जारी २’ को २ मिनेट ३४ सेकेन्डको अफिसियल टिजर सार्वजनिक गरिएको छ। लिम्बु समुदायको मौलिक बाजा र नाच ‘च्याब्रुङ’लाई केन्द्रमा राखेर कथावस्तु अघि बढाइएको छ। फिल्मको उपशीर्षक ‘सङ अफ च्याब्रुङ’ राखिएको छ।

टिजरमा च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नांगो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरुवात हुन्छ। यसमा च्याब्रुङलाई लिम्बुको खुसीको स्वरका रूपमा प्रस्तुत गरिएको छ। टिजरले फिल्म सांस्कृतिक पहिचानसँगै सामाजिक र पारिवारिक कथामा आधारित हुने संकेत गर्छ।

‘जारी’को सफलतापछि यसको सिक्वेल प्रतिक्षित मानिएको छ। फिल्म उपेन्द्र सुब्बाले लेखन र निर्देशन गरेका हुन् भने रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङले निर्माण गरेका हुन्। दयाहाङ, मिरूना र विजयसँगै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरूङ, प्रेम सुब्बा, माओत्से गुरूङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको ‘जारी २’ असोज ३ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ। पहिलो ‘जारी’ले २०८० सालमा १७ करोडभन्दा बढी व्यापार गरेको थियो।

तपाईको प्रतिक्रिया