Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

टोकियो अहिलेको समयमा  कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैभन्दा उत्तम अभ्यास भनेको स्यानिटाइजर तथा मास्क लगायतको प्रयोग नै हो ।

यहीँ परिस्थितिलाई मध्यनजर गर्दै जापानी कम्पनीले अत्याधुनिक मास्क ‘सी-मास्क’ निर्माण गरेको घोषणा गरेको छ ।

उक्त स्मार्ट फेस मास्कका माध्यमबाट म्यासेज गर्न, फोन गर्न र जापानी भाषाबाट अन्य ८ भाषामा अनुवाद गर्न समेत सकिने जनाइएको छ ।

जापानी स्टार्टअप डोनट रोबोटिक्स कम्पनीले तयार गरेको ‘सी-मास्क’ मा ब्लुटुथ जडान गरिएको छ । ब्लुटुथका माध्यमबाट उक्त मास्क स्मार्टफोन र ट्याब्लेटमा एउटा एप डाउनलोड गरेपछि  कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ ।

यो मास्कले मान्छेले बोलेको भरमा म्यासेज वा फोन गर्न सकिने साथै आवाजलाई पनि ठूलो बनाइदिनेछ । उक्त मास्कलाई अर्को सामान्य मास्क माथि समेत लगाउन सकिन्छ ।

कम्पनीका अनुसार आउँदो सेप्टेम्बरबाट यसको व्यवसायिक उत्पादन थालिनेछ ।

यो मास्क  भविष्यमा  चीन, युरोप तथा अमेरिका लगायतका बजारमा समेत बिक्रि गर्ने लक्ष्य कम्पनीको छ ।

तपाईको प्रतिक्रिया