Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

टोकियो – जापानले हालसम्मकै तीव्र गतिको रेल सेवा सञ्चालन गरेको छ।

जुलाई १ बाट सेवा सुरु गरेको एन७०० एस रेलसेवा राजधानी टोकियोदेखि ओसाकासम्म चल्छ।

यो रेल प्रतिघण्टा ३ सय ६० किलोमिटर गतिमा दौडिन सक्छ। यद्यपि यसलाई अधिकतम २ सय ८५ किलोमिटर प्रतिघण्टाको दरले मात्र दौडाइनेछ।

याे विश्वमै सबैभन्दा तीव्र गतिको रेलमध्ये एक बनेको छ।

अघिल्ला बुलेट ट्रेनभन्दा यो दौडिरहेका बेला एकदमै कम हल्लिने बताइएको छ। आपतकालीन अवस्थामा चाँडो रोक्न सकिने ब्रेक सिस्टम राखिएको छ।

यो रेल भूकम्पका बेला पनि यात्रु ओसार्न सक्षम हुनेछ। किनभने विद्युत विच्छेद भएको अवस्थामा लिथियम आयन ब्याट्रीको सहाराले पनि यो रेलले केही दूरी पार गर्न सक्छ।

खासगरी भूकम्पका बेला जोखिमपूर्ण स्थानमा रेल रोकिए यात्रुलाई सुरक्षित स्थानसम्म पुर्‍याउन यस्तो प्रविधि राखिएको हो।

 

 

 

तपाईको प्रतिक्रिया