Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चीनमा अमेरिकी कम्पनी एप्पलको बजार हिस्सा खुम्चिएको छ। सन् २०२४ को दोश्रो त्रैमासिकमा एप्पलको हिस्सा २ प्रतिशतले घटेको हो। हुवावे लगायतका घरेलु कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण एप्पलको हिस्सा खस्किएको बजार अनुसन्धान कम्पनी क्यानालिसले जनाएको छ।

अप्रिल महिनामा हुवावेले फ्लागशीप स्मार्टफोन Pura 70 बजारमा ल्याएपछि हुवावेका स्मार्टफोनको बिक्री ४१ प्रतिशतले बढेको छ। सन् २०२३ को दोश्रो त्रैमासिकमा एप्पलको हिस्सा १६ प्रतिशत रहेकोमा अहिले १४ प्रतिशतमा झरेको छ, जसले एप्पललाई तेश्रोबाट छैटौँ स्थानमा पुर्याएको छ।

चिनियाँ बजारमा दोश्रो त्रैमासिकमा स्मार्टफोनको बिक्री १० प्रतिशतले बढेको छ। भिभो १९ प्रतिशत हिस्सा सहित पहिलो स्थानमा छ भने ओप्पोको १६ प्रतिशत, हनरको १५ प्रतिशत र हुवावेको १५ प्रतिशत हिस्सा रहेको छ।

स्वदेशी ब्राण्डहरूले बजार हिस्सा बढाइरहँदा एप्पलले चिनियाँ बजारमा दबाबको सामना गरिरहेको छ। विश्लेषकहरूले हुवावेका स्मार्टफोनको बिक्री उच्च रहने प्रक्षेपण गरेका छन्। सन् २०२४ मा हुवावेले ५ करोड थान स्मार्टफोन बिक्री गर्ने अनुमान गरिएको छ, जसमा Pura 70 सिरिजका १ करोड स्मार्टफोन हुनेछन्।

तपाईको प्रतिक्रिया