Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ( दिनेश डिसी ) नियुक्त भएका छन्। हिजो बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा चयन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस गरेका थिए जसमा डीसीसँगै दीपा पाण्डे र राजेश थापा थिए।

डीसी एक फिल्म निर्देशक, अभिनेता र सञ्चारकर्मी हुन्। साथै उनी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष पनि हुन्। टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रूपमा पनि उनी परिचित छन्। भुवन केसीको कार्यकाल समाप्त भएपछि बोर्डको अध्यक्ष पद खाली रहेको थियो।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया