Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

 

कल्पना पौडेल, जिज्ञासु

म रुँदा सधैं भावुक बनी भन्नु हुन्छ स्वामी ज्युले
नरोउ न काली रुन्छु मनी भन्नु हुन्छ स्वामी ज्युले

कैले आउने प्यारी तिमी गाह्रो भयो जिउन मलाई
कति बसौ त्यो दिन गनी भन्नु हुन्छ स्वामी ज्युले

सपनीमा सधैं आउँछेउ निलो सारी लगाएर
चुरा बजाई छन-छनी भन्नु हुन्छ स्वामी ज्युले

छुन खोज्छु भाग्छेउ झनै मलाई कति सताएर
घुमाउँछेउ फन-फनी भन्नु हुन्छ स्वामी ज्युले

चंचलता हर्कत देखि साच्चै तन मन भरि
आगो बल्छ दन-दनी भन्नु हुन्छ स्वामी ज्युले

छटपटि भै बिउझिंदा समीपमा हुन्नौ तिमी
देख्छेउ यस्तै तिम्ले पनि ? भन्नु हुन्छ स्वामी ज्युले

गैडाकोट ४ नवलपरासी
हालः इजरायल

तपाईको प्रतिक्रिया